काठमाडौं, मंसिर । पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री र गायक मोहन खड्काको कर्णप्रिय स्वरमा सजिएको ‘हेरे तिम्लाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतलाई गायक खड्कको आफिसियल युट्युब च्यानलकाट सार्वजनिक गरिएको हो । गीतमा चर्चित मोडल बिमल अधिकारी र सुमी पुरीको शसक्त अभिनय रहेको छ । मनिराज बुढाथोकीले कोरेको शव्दमा गायक खड्काले संगीत भरेका छन् । गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ ।
पछिल्लो समय गायिका सुनिताले एक पछि अर्को हिट गीतहरु दर्शकलाई पस्किरहेकी छिन् । गीतको म्युजिक भिडियोलाई निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन् । भने वुद्ध थापाको टिमले खिचेका हुन् ।
जसलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।
भिडियोलाई यहाँ हेर्न सकिन्छ :