२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कमेडियन भारतीका श्रीमान–श्रीमती जेल चलान

आइतवार , मंसिर ७, २०७७

 काठमाडौं, मंसिर। ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । दुवैलाई मुम्बइको किला कोर्टले न्यायिक हिरासतमा पठाएको हो ।

अदालतमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गर्न बाँकी रहेकोले दुवैलाई आफ्नो रिमाण्डमा पठाउन राख्न माग गरेको थियो । एनसीबीको मागलाई अस्वीकार गर्दै अदालतले दुवैलाई जेल पठाएको हो । उनीहरुलाई १४ दिनको लागि न्यायिक हिरासतमा राख्न आदेश दिइएको छ ।

दुवैले जमानतको लागि निवेदन दिएका छन् । यो निवेदनमाथि भोलि सुनुवाइ हुनेछ । ड्रग्स केसमा घण्टौं छापा मारेपछि एनसीबीले भारतीलाई शनिबार गिरफ्तार गरेको थियो ।

अबेर राती उनका पति हर्षलाई पनि पक्राउ गरियो । सोधपुछमा दुवैले गाँजा सेवन गरेको स्वीकारेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार