काठमाडौं, मंसिर । युवराज आचार्य र सुनिता बुढाको आवाज रहेको ‘आफ्नोपन’ बोलको गीत बजारमा आएको छ ।
बजारमा आउनुअघि ने टिकटकमा अत्याधिक रुचाईएको गीत बजारमा आईसकेपछि दर्शक स्रोताको राम्रो प्रतिक्रिया पाईरहेको छ । शिव सुवेदीको युटुव च्यानलबाट बजारमा आएको गीत अहिलेसम्म १ लाख ४५ हजार बढी दर्शकले हेरेका छन् ।
बिनोद भण्डारीले निर्देशन गरेको गीतमा सनम कठायत र रोशनी कार्कीको अभिनय रहेको छ । नारायण कडेलको शब्द रहेको गीतमा शिव सुवेदीकै संगीत रहेको छ ।
भिडियोका छायाँकार करण चैसिर हुन् भने विकास ज्ञवालीले सम्पादन तथा कलर गरेका छन् ।