२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दन्त रोग बिशेषज्ञ डा. श्रेष्ठले लिएर आए ‘बैगुनी–२’ (भिडियो)

बिहिवार , आश्विन २९, २०७७

काठमाडौं, असाेज ।  दन्त रोग बिशेषज्ञ डा. बुद्धिमान श्रेष्ठले आफ्नो पहिलो गीतले सफलता पाएपछि त्यसकै सिक्वेल ‘बैगुनी २’ लिएर आएका छन् ।

यसअघि डा. श्रेष्ठले गाएको ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कस्ले जान्यो र’ बोलको गीतले चर्चा कमाएपछि डा. श्रेष्ठको दोश्रो गीत ‘बैगुनी २’ ‘सितल छाँयालाई ...’ सार्बजनिक गरेका हुन् ।

पछिल्लो समय गीतसंगीतको क्षेत्रमा समेत अग्रसर भएका डा. श्रेष्ठको दोश्रो गीत ‘बैगुनी २’ ‘सितल छाँयालाई ...’ सार्बजनिक गरेका हुन् । बादल घिमिरेको शब्द संगीत रहेको गीतमा डा.श्रेष्ठ र मेलिना राईको स्वर रहेको छ ।

म्युजिक भिडियोमा पछिल्लो समय चर्चाको शिखरमा रहेका नायक पल शाह र प्रियना आचार्य मुन्नीको दमदार अभिनय रहेको छ । यसअघि डा. श्रेष्ठले गाएको ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कस्ले जान्यो र’ बोलको गीतले युटुबमा ६६ लाख ओभर भ्युअर पाईसकेको छ ।

श्रेष्ठ कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष तथा विएम फाउन्डेशनका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार