२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एसईई परीक्षा : 'शुल्क फिर्ता गर्न अभिभावकको माग'

मंगलवार , आश्विन १३, २०७७

 

काठमाडौं, असाेज  । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्न अभिभावकहरूले माग गरेका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले परीक्षा सञ्चालन नगरेपछि अभिभावकहरूले शुल्क फिर्ता मागेका हुन् ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘परीक्षा नै सञ्चालन नभएपछि सबै विद्यार्थीले तिरेको परीक्षा शुल्क फिर्ता गर्नुपर्दछ ।’

एसईईका लागि ४ लाख ८२ हजार ९८६ विद्यार्थीले जनही ५०० रुपैयाँ तिरेर परीक्षा फर्म भरेका थिए । यस अनुसार राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीसँग २४ करोड १४ लाख ९३ हजार रुपैयाँ उठाएको देखिन्छ ।

कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिको आधारमा परीक्षार्थीको मूल्यांकन गरियो । महासंघका अध्यक्ष भण्डारी भन्छन्, ‘विद्यार्थीले परीक्षा दिन्नौं भनेको होइन सरकारले स्थगित गरेको हो ।’

एकातिर विद्यार्थीसँग दिँदै नदिएको परीक्षाको शुल्क लिएको सरकारले विद्यार्थीसँग एसईई प्रमाणपत्रको जनही २५० रुपैयाँ लिनु जायज नभएको भण्डारी बताउँछन् । उनी भन्छन्, ‘यदि, वा, तर भन्ने कुरै छैन परीक्षा शुल्क अबिलम्ब फिर्ता हुनुपर्दछ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार