काठमाडौं, भदौ । ओस्कार विजेता स्क्रिनराइटर सर रोनाल्ड हार्वूडको निधन भएको छ।
नाटक लेखक तथा स्क्रिनराइटर हार्वूडको मंगलबार प्राकृतिक कारणले निधन भएको उनकी एजेन्ट जुडी डाइसले पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।
दक्षिण अफ्रिकामा जन्मिएका सर रोनाल्डलाई युद्ध पश्चातका बेलायतका वरिष्ठ नाटककार मानिन्छन्।
उनले सन् २००२ को रोमन पोलान्स्कीको चलचित्र ‘द पियानिस्ट’ का लागि बेस्ट एडप्टेड स्क्रिनप्ले तर्फ ओस्कार अवार्ड जितेका थिए।
उनले सन् २००८ मा बेस्ट एडप्टेड स्क्रिनप्ले तर्फ द डाइभिङ्ग बेल एण्ड द बटरफ्लाइका लागि बाफ्टा अवार्ड जितेका थिए।