२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोनाबाट मुक्त भए वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पति

आइतवार , भाद्र १४, २०७७

 

डिसी, भदौ । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् ।

गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण  भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले  कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत् नै दिएका छन् ।

महतले लेखेका छन्, ‘विश्वभरी रहेका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो ।’

कोरोना संक्रमणपछि महत दम्पत्ति आफ्नै घरमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए । महतले आफूहरु संक्रमित भएको सार्वजनिक गरेपछि विश्वभरबाट नेपालीले उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

महतले सबैको गहिरो मायाप्रेम, भगवान पशुपतिनाथ र ईष्टदेवी तनहुँ अवस्थित ढोर बाराहीमाईको कृपाका कारण आफूहरु कोरोनामुक्त भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार