काठमाडौँ, भदाै । नेपाली मनमा रास्ट्रीयताको भावना जगाउनका लागि गीतकार यम प्रसाद आचार्यले आफ्नो नयाँ म्युजिक भिडियो 'नेपाली म हुन सकु' सार्वजनिक गरेका छन्।
नेपाली अब उठ्न र जुट्न जरुरी छ र देशलाई समस्या पर्दा ज्यान पनि दिन सकु भन्ने संदेश यस गीतमा व्यक्त गरिएको छ। गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यमप्रसाद आचार्यको रहेको छ। यस गीतलाई दीपकराज बिश्वकर्माले संगीतवद्द गरेका हुन्।
नारायण काँईलोप्रति विशेष धन्यवाद व्यक्त गरिएको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । कोराना कहरबीच सार्वजनिक गरिएको भिडियोलाई साथ र सपोर्ट गरिदिन निर्माण टिमले सम्पूर्ण नेपालीहरुमा आग्रह गरेका छन्।