२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

धिरेनको "तारेभिरमा बुकी" : कबिर र सारिका  ( भिडियो ) 

बिहिवार , भाद्र ११, २०७७

 
काठमाडाैँ, भदाै । नव गायक  गायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो  "तारेभिरमा बुकी" सार्वजनिक  गरेका छन्।  

रमाइलो डान्सिङ शैलीको यस गीतमा  धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ। गीतका शब्द सुमन श्रापितले लेखेका हुन्।  बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा कबिर खड्का  र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ ।  रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् ।  माधव श्रेष्ठ सह-निर्देशक  रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।  

गायक रोकायाको पहिलो प्रयास स्वरूप प्रस्तुत गरिएको यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्।  आगामी दिनमा निरन्तर राम्रा गीत संगीत सार्वजनिक गर्दै जाने गायक रोकायाले बताएका छन्।  
 
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार