२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

श्रेष्ठ र राईको स्वरमा 'जानेबेला' को म्युजिक भिडियो सार्वजनिक

बिहिवार , भाद्र ११, २०७७

 
काठमाडाैँ, भदाै । गायक भिम श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत 'जानेबेला' को म्युजिक भिडियो सार्वजनिक भएको छ।  
सेण्टिमेण्टल भर्सनको यस गीतका शब्द राम अविरल बिस्टले लेखेका हुन् ।  राजन तिमिल्सिनाले संगीतवद्द गरेको यस गीतलाई शैलेन्द्र एम प्रधान ( बाबु) ले  संगीत संयोजन गरेका हुन्।  
चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा स्वयम् गायक भिम श्रेष्ठ र शिल्पा पोखरेल मुख्य भूमिकामा फिचर्ड छन् भने रश्मी भट्ट र बेनिश भण्डारी सहायक भूमिकामा देखिएका छन्।
 फराज अर्पणको छायांकन , सम्पादन र निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो।  'अक्सर छाता' बोलको गीतबाट गायनमा डेब्यु गरेका गायक श्रेष्ठले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।  
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार