२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्तीलाई कोरोना संक्रमण

शुक्रवार , श्रावण २३, २०७७

 वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अमेरिकामा बस्दै आएका महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु दुवैजना संक्रमित भएको जानकारी दिएका छन् ।

ध्यान राख्दा राख्दै दुर्भाग्यवस आफूहरु कोरोना संक्रमित हुनबाट बच्न नसकेको बताउँदै उनले समयमै सतर्कता नअपनाए विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो नराख्ने उल्लेख गरेका छन् ।

संक्रमण पुष्टि भएपछि आफ्नै घरको कोठामा आइसोलेशनमा बसेको र छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा रहेको जानकारी महतले गराएका छन् ।

गायक महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार