कोभिडको महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप प्रेमिल गीत सार्वजनिक भएका छ।
गीतकार रमेश काफ्लेले सानैदेखि गीत रचनाको क्षेत्रमा कलम चलाउँदै आए पनि यो नै पहिलो सार्वजनिक गरिएको गीत हो । “तिम्ले मलाई बुझेनौ भने” बोलको गीत सुमधुर स्वरका धनी गायक प्रताप दासको स्वर, चर्चित संगितकार राजकुमार बगरको संगीत, संजिब बराइलीको संयोजनमा बजारमा आएको छ ।
यस गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ओएसआर डिजिटलको आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा चलचित्रका चर्चित नायक आकाश श्रेष्ठ र मोडल योगिता दाहालको अभिनय रहेको छ ।
भिडियो निर्माण कार्यमा उत्सब दाहालको क्यामरा, सम्पादन विष्णु खड्का ९आर्यन० तथा सुभम भुजेलको कोरियोग्राफी रहेको छ ।भिडियोको सहायक निर्देशक साइव्रत आचार्य हुन् ।
संक्रमणको अवस्थामा सिमित व्यक्तिहरुको उपस्थिति गराई भिडियो निर्माण गरी कोभिड १९को प्रकोपबाट आजित दर्शकहरुलाई यस्तो गीत तथा भिडियोले सांगीतिक मनोरन्जन प्रदान गर्नेछ भन्ने कुरामा गीतकार तथा निर्माता विश्वस्त रहेका छन् ।