२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमिताभ र अभिषेक बच्चनलाई कोरोना भएपछि बलिउडले गर्‍यो स्वास्थ्य लाभको कामना

शनिवार , आषाढ २७, २०७७

 काठमाडौं, असार । बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि बलिउडमा उनीहरुको स्वास्थ्यलाभको कामना गर्न थालिएको छ। 

कोरोना पोजिटिभ भएको पाइएपछि उनीहरुलाई शनिबार राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले बच्चन परिवारका सदस्यहरु जया बच्चन, ऐश्वर्या राय बच्चन र अन्य कर्मचारीको परीक्षण गरिएको र रिपोर्ट आइतबार आउने जनाएका छन्। 

बलिउड अभिनेता रीतेश देशमुखले अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘चाँडै निको हुनुहोस्, म तपाईंको परिवारका लागि प्रार्थना गर्छु।

अभिनेता मनोज बाजपेयी, परिणीति चोपडा, अमीशा पटेल, चिरन्जीवीलगायत कैयौं हस्तीहरुले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्। अमीशा पटेलले यो नराम्रो खबर भएको भन्दै अमिताभ चाँडै ठीक हुने कामनासहित इश्वरसँग प्रार्थना गरेको उल्लेख गरेकी छन्। 

यस्तै, बलिउड पाश्र्वगायक अदनान सामी र अभिनेत्री सिमी ग्रेवालले पनि बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार