२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बिनोद भण्डारीको उत्कृष्ट निर्देशनमा गणेश अधिकारीको ‘डोको बोकेर’ (भिडियोसहित)

बुधवार , आषाढ १७, २०७७

काठमाडौं, असार  । लोक तथा दोहोरो गायक गणेश अधिकारी र शान्ती श्री परियारको आवाजमा ‘डोको बोकेर’ बजारमा आएको छ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण बुवाको मृत्युपछि सोहि जागीरमा छोरा फेरि भर्ती हुन गएको कथालाई गीतमा मुख्य विषय बनाईएको छ ।

पछिल्लो समयमा अभिनयसंगै निर्देशनमा पनि आफुलाई सफल साबित गराई सकेका कलाकार बिनोद भण्डारीको कथा तथ निर्देशनमा तयार पारिएको उक्त गीतमा बुढि आमा, जीवनसाथी र सानो छोरालाई छोडेर बिदेशीनु परेको दुखद अवस्थालाई कलाकार राजु महोत्रा र मिरा महोत्राले वास्तविक अभिनय मार्फत उतारेका छन् ।

भण्डारीले निदेर्शन गरेका थुप्रै गीतहरु बजारमा छन् जस्लाई दर्शकश्रोताले अत्यधिक मन पराईदिएकापनि छन् । भण्डारी अभिनय र गायनमापनि उत्तिकै सफल मानिएका कलाकार हुन् । गीतमा अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार