२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दर्शकले अत्याधिक रुचाएका गायक नेत्र भण्डारीको बनपालेको लौरी (भिडियोसहित)

बुधवार , आषाढ १७, २०७७

 

काठमाडौं, असार  ।  पछिल्लो समय एकपछि अर्को सफल गीत बजारमा ल्याएर दर्शक स्रोताको मन जित्न सफल गायकको नाम हो नेत्र भण्डारी । उनले आवाज दिएका गीत मात्र नभएर उनले लेखेका गीत पनि दर्शक स्रोता अत्याधिक रुचाईरहेका छन् ।

उनै गायक भण्डारीको आवाजमा रहेको गीत बनपालेको लौरी भर्खरै मात्र बजारमा आएको छ । उनलाई साथ दिएकी छिन् कृष्ण केसीले । रिजन नेपालको प्रस्तुतीमा बनपालेको लौरी बोलको गीत बजारमा ल्याइएको हो । गीतका शब्द किरण न्यौपानेले रचना गरेका हुन् ।

कृष्ण केसीकै संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन शिवन पोखरेलको रहेको छ । शिवन पोखरेल र एलिना रायमाझीको अभिनय रहेको गीत बुधबार रिजन नेपालको आधिकारिक युट्युव च्यानल मार्फत रिलीज गरिएको छ ।

गीतको म्युजिक भिडियो क्रान्ति केसीले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार