काठमाडौं, जेठ । अन्तर्जातीय प्रेम सम्बन्धको कारण रुकुममा भएको जातिय बिभेदको घटनाको बारेमा बनेको गीत ‘प्रेम को उपहार मृत्यु जात तगारो’ ले स्वर्गीय श्रस्टा तथा गायक झलकमान गन्दर्भ को झल्को दिएको छ । उक्त गीत आर के रमेश अर्थात रमेश नेपालिले शब्द लेखेका छन् भने संगीत राजेश बर्देवाले गरेका छन् ।
सारङीको सुरमा मा स्वर स्वर मिकाइएको गीत सुनेर जोकसैको आँखा नरसाउला भन्न सकिन्न उसोत स्वर्गीय श्रस्टा गन्दर्भ ले सरङगीमा गीथरु गाउएए भएको र स्वर पनि उनको जस्तो सुनिने भएकोले यो गीत उनको तिर्सना मेट्न खोजेको आभास हुन्छ ।
गीतले रुकुममा जातिय विभेद मा नबराज बिक र उनका साथिहरुको मृत्यु र एक्काइसौं शताब्दिमा भएको यो नरसंहार को सत्य तथ्य छानबिन गरि दोसिलाइ कार्वाहिको माग समेत गरेको छ ।
म्युजिक भिडियोमा लोकप्रिय नेता बाबुराम भट्टराई गगन थापा रबि लामिछाने महानयक राजेश हमालको सन्देश्मुलक आबाजको भिडियो क्लिप्स पनि समावेश गरिएकी छ भने शंकर बिसि सुरबिर पन्डित दारिबा काजिश श्रेस्ठ निर्मल क्षेत्री किसान सेवा लगायत अन्य कलाकार को अभिनय रहेको छ ।