काठमाडौं, जेठ । लोक तथा दोहोरी गायक खेम सेन्चुरीको प्रतिक्षित गीत ‘कामी दाईको छोरो’ सार्वजनिक भएको छ । अन्तर्जातीय प्रेम सम्बको कथामा आधारित गीत भिडियोसहित सार्वजनिक गरिएको हो । गीत बजारमा आउनु भन्दा पहिला टिकटकमा हिट भएकाले पनि दर्शक स्रोताले एकदमै प्रतिक्षा गरेका थिए ।
गीतमा प्रेम गरेका जोडीलाई जातकै कारणले एक हुन नसकेपछि संगै मृत्युुवरण गरेको भावलाई समेटिएको छ । अनिश दवाडीको शब्द संगीतमा तयार पारिएको गीतमा प्रेम गरेका जोडीले माया गरेरपनि जात नमिलेपछि संगै हुन डराईरहेको र छुट्टिएर बाँच्नपनि नसकेपछि संगै मृत्युवरण गरेका छन् ।
यहि जेठ १० गने रुकुममा नवराज बिकले मल्ल थरकी युवतीसंग प्रेम गरेकै कारण जात नमिलेर नवराजसहित उनका साथी गरेर ६ जनाको ज्यान गएको छ । यस्ता घटनाहरु नेपालमा भैनैरहेका सुन्नमा र देख्नमा आईरहेका छन् ।
५७ वर्षअघि नै मुलुकी ऐन २०२० ले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको छ । २०६३ सालको जेठ २१ मा संसद्ले पनि कानुनमा मात्र सीमित नभई व्यवहारमा पनि छुवाछुत अन्त्य हुनेछ भनेर नेपाल छुवाछुतमु-क्त- राष्ट्र घोषणा गरेको थियो ।
छुवाछुत तथा भेदभाव (क-सु-र र स-जा-य) ऐन, २०६८ मा विवाह गर्ने तथा बरवधु छान्ने अधिकार सुरक्षित छ । छुवाछुत र जातीय विभेद दण्डनीय हुने व्यवस्था लागू भैसकेपछि पनि अन्तर्जातीय प्रेमकै कारण बर्सेनि दलित कुटिएका छन्, मारिएका छन् ।
यो एउटा गीत मात्रै होइन, समाजको एक यथार्त चित्रण पनि हो । गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिंगको अपमान गर्ने हाम्रो मनसाय कदापी होइन । छुवाछुतवि-रु-द्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिईएको गायक सेन्चुरीको भनाई छ ।
गीत गायक सेन्चुरीकै अफिसियल युट्युवच्यानलमार्फत सार्वजनिक गरिएको हो ।