२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चलचित्र विकास बोर्डमा ३ जनाको नाम सिफारिस, को को परे ?

मंगलवार , जेठ २०, २०७७

काठमाडौं, जेठ  । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले दर्खास्त दिने मध्ये तीन जनाको नाम सिफारिस गरेको हो ।

मन्त्रालयले निर्देशक दयाराम दाहाल, नायक भुवन केसी र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको छ। अध्यक्ष पदका लागि उल्लेखित ३ जना बाहेक भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डंगोल, ध्यानबहादुर सुब्बा, राजेन्द्रकुमार उप्रेती, परशुराम चौधरी तथा दीपक श्रेष्ठले पनि आवेदन दिएका थिए।

यस अघि पदपूर्तिका लागि आवेदन दिन मन्त्रालयले योग्यतासहितको सार्वजनिक सूचना जारी गरेको थियो । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत वर्षको २९ मंसिरमा हृदयाघातका कारण निधन भएपछि सो पद रिक्त थियो ।

सो पदका लागि मन्त्रालयले वैशाख १६ गते सम्म आवेदन दिन सक्ने सार्वजनिक सूचना आह्वान गरेको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार