२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुर्य खड्का र सम्झना लामिछानेको दवावमूलक गीत ‘दादागिरी छोड भारत’ (भिडियोसहित)

शनिवार , जेठ १७, २०७७

लोक तथा दोहोरी गायक सुर्य खड्का र सम्झना लामिछाने मगरको आवाजमा ‘दादागिरी छोड भारत’ बोलको गीतमा सार्वजनिक भएको छ । भारतीय विस्तारवाद विरुद्धको समसामयिक गीतमा शिब अखेलीको शब्द रहेको छ भने खेम सेन्चुरीको लयमा तयार पारिएको छ ।

यतिबेला नेपाल कोरोनासंग लडिरहेको बेला छिमेकी मुलुक भारतले वैशाख २६ गते धार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म पुग्ने लिंक रोडको उद्घाटन गर्‍यो। सो बाटोमा नेपाली भूमि लिपुलेक कालापानी पनि समेट्यो ।

भारतले नेपालको स्वीकृति बिनै भूमि मिचेर बाटो बनाएपछि त्यसको विरोध जारी छ । सरकारले कूटनीतिक पहल गरी सीमा समस्या समाधान गर्ने बताएको छ । तर सकारको प्रयास पर्याप्त नभएको भन्दै आलोचना भइरहेको छ।

तर सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरिसकेको छ । नक्सामा सात वटै प्रदेश, त्यसको सीमाना, ७७ वटा जिल्ला र त्यसको सीमाना, अन्तर्राष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल मात्रै उल्लेख गरिएको छ। नक्सा त सार्वजनिक भयो अब भुमि फिर्ता लिनु मुख्य कुरा मानिएको छ ।

भारतले अतिक्रमण गरेको आफ्नो भुमि फिर्ता गर भन्दै दवावमुलुक गीतलाई स्वयम् गायक सुर्य खड्काको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार