२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पत्रकार रवीन्द्र सुबेदी र चिरञ्जीवी सापकोटाको ‘इतिहास’ बजारमा (भिडियोसहित)

सोमवार , जेठ १२, २०७७

काठमाडौं,  जेठ । पत्रकार रवीन्द्र सुबेदीको शब्दमा सीमा अतिक्रमणकै विषयलाई समेटेर इतिहास झल्काउने गरि इतिहास बोलको गीत सार्वजनिक भएको छ ।

विन्दास मिडिया नेटवर्कले निर्माण गरेको इतिहास बोलको रास्ट्रिय भाव बोकेको गीत नयाँ पुस्ताले रुचाउने गरी र्‍याप शैलीमा तयार गरिएको छ । संचारकर्मी, तथा कलाकार चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिबेश गुरुङ र प्रवीण भट्टको आवाज रहेको उक्त गीतमा नेपाली वेब सिरिज आजकालको लभका लोकप्रिय कलाकार जिबेश गुरुङले यस गीतको भिडियोलाई निर्देशन गरेका छन्।

गीतको संगित संयोजन ओम सुनारले गरेका छन् भने यसको प्रोजेकट कोडिनेटर समीर नेपालले गरेका छन्। गीतमा प्रवीण भट्टको सम्पादन तथा छायांकन नवराज उप्रेतीको रहेको छ । यसको निर्माण संयोजक टंक कार्की (छिमेकी) ले गरेका छन्।

गीत लाई ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गितमा चिरञ्जीवी सापकोटा, जिबेश गुरुङ र प्रवीण भट्टको मुख्य भुमिका रहेको छ भने सहयोग भुमिकामा दिपशन परियार र बिनय सापकोटा छन्।

गीतमा इतिहासको गाथा पस्किने प्रयास गरिएको छ । अतिक्रमित भुमि कालापानी, लिपुलेक जस्ता भूभाग लाई फिर्ता गनुृपर्छ भन्ने संदेश छ। गीत आहा टिभि युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले सफलता प्राप्त गरोस डेमो खबरको तर्फबाट शुभकामना ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार