२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

१४ दिनको आइसोलेशनमा गए करण जोहर

सोमवार , जेठ १२, २०७७

काठमाडौं,  जेठ । बलिउडका चर्चित निर्माता करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

ट्वीटरमा एक बयान जारी गरेर उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए । नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए ।

करण जोहरले लेखे, ‘परिवारका सबै सदस्य र अन्य सहयोगीको कोरोना परीक्षण गरिएको छ, जुन नेगेटिभ आएको छ । तर हाम्रा आसपासका मानिसहरु सुरक्षाका लागि १४ दिनका लागि हामी आइसोलेशनमा हुनेछौं ।’

 

View image on Twitter

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार