काठमाडौं, जेठ । लोक तथा दोहोरी गायक खेम सेन्चुरीको आवाजमा ‘कोरोना र छिमेकी अनि मेरो देश’ बोलको गीत सार्वजनिक भएको छ ।
कोरोनाले देशलाई पारेको प्रभाव, दुख अफ्ठेरोमा परेकालाई सरकारले हेर्नपर्यो आफ्नो भुमि फिर्ता लिनपर्यो यस्तै भाव बोकेको गीतमा । ए नेता ज्यु केहि बोल, केहि यो आपतबिपतमा भनेर आग्रह गरिएको छ ।
लिरिकल भिडियोसहित सार्वजनिक गरिएको उक्त गीतमा गायक स्वयम् सेन्चुरीको संगीत रहेको छ भने नेत्र अर्यालको शब्द रहेको छ । गीत शुभारम्भ डिजिटल म्युजिकको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।