२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चर्चित गायक लिटिल रिचर्डको निधन

शनिवार , बैशाख २७, २०७७

काठमाडौं, बैशाख ।   चर्चित गायक लिटिल रिचर्डको  शनिबार  निधन भएको छ । लामो समयदेखि बिरामी रहेका रिचर्डको ८७ वर्षको उमेरमा शनिवार निधन भएको हो । अमेरिकाको टुल्लाहोमा बसेका रिचर्डको बोन क्यान्सरका कारण निधन भएको जनाइएको छ । 

सन् १९३२ को डिसेम्बरमा जन्मेका रिचर्डको खास नाम रिचर्ड पेन्निमन हो । उनले सानै उमेरदेखि गीत गाउन शुरु गरेका थिए । धेरै नै गीतबाट चर्चामा आएका उनलाई केही पटक हृदयघात पनि भएको थियो । तर शनिवार भने उनको एक्कासी निधन भयो  ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार