काठमाडौँ, असोज। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू औँसीसम्म हुने पर्व पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि शुरू भएको छ।
सनातन तथा वैदिक परम्परामा दिवंगत पितृहरूको सम्मान, स्मरण र कृतज्ञता ज्ञापन गर्ने कार्यलाई अत्यन्त विशेष महत्व दिइने गरिन्छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएर औँसीका दिनसम्म विभिन्न तिथिहरूमा सम्पन्न गरिने सोह्र श्राद्ध आजैदेखि प्रारम्भ भएको हो।
पितृहरूप्रति आफ्नो श्रद्धा र निष्ठा व्यक्त गर्ने प्रमुख अवसरका रूपमा सोह्र श्राद्धलाई लिने गरिएको छ। यस विशेष पक्षमा आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म आफ्ना दिवंगत पितृहरूको सम्झना गर्दै विधिपूर्वक तर्पण दिने, पिण्डदान गर्ने तथा ब्रह्मणहरूलाई भोजन गराउने प्राचीन धार्मिक परम्परा रहि आएको छ।