२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

देशैभर वर्षा : ' यी प्रदेशमा सावधानी अपनाउन आग्रह '

बिहिवार , आश्विन ८, २०८३

 

काठमाडौँ, असोज ।

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम (मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रुपमा रहेको छ आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम) उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।

काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि झरी परिरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको धेरै स्थान, सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभाग एकरदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभाग एकरदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

यता जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूको बाढी पूर्वानुमानको समयावधि तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याएको छ ।

केन्द्रले बुधबारदेखि नेपालभरका स–साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम पूर्वानुमानसमेत २४ घण्टाबाट बढाएर ४८ घण्टासम्म गर्न थालेको जनाएको छ ।

केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता डा. राजन भट्टराईले बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवामा थप सुधार गर्दै पूर्वानुमानको समयावधि विस्तार गरिएको बताए ।

उनका अनुसार केन्द्रको आफ्नै नेपाल केन्द्रित बाढी पूर्वानुमान मोडल तथा ईसीएमडब्ल्यूएफ इन्सेम्बल फरकास्टमा आधारित प्रणालीलाई विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी विभिन्न मोडलसँग एकीकृत गरी पूर्वानुमान प्रणाली सञ्चालनमा ल्याइएको हो । 

दुई दिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणाली, भू–चिस्यान, हालको नदी जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान, जलाधारको अवस्था लगायतका जलविज्ञानसम्बन्धी सूचकहरूको समग्र विश्लेषण गरिने केन्द्रले जनाएको छ ।

यसबाट सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त हुने र पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ ।

केन्द्रले आगामी दिनमा पूर्वानुमानको स्थान विशेष तथा समयगत शुद्धता बढाउनुका साथै प्रभावमा आधारित बाढी पूर्वानुमान, स्थानीय जोखिम पहिचान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्दै लैजाने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार