२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भोटेकोशी बाढी (अपडेट )

एक हजार ४११ को मृत्यु : ' पाँच हजार ८७५ अझै बेपत्ता '

आइतवार , आश्विन ४, २०८३

 

काठमाडौँ,असोज।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण हालसम्म एक हजार ४११ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको पछिल्लो  तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो ।

फेला परेका मृतकको विवरणमा ५४९ पुरुष, ३३६ महिला तथा ५२६ वटा आंशिक मानव अंगहरू रहेका छन् । बाढीमा परेर अझै ५ हजार ८७५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ । संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको मृत्यु भएको छ ।

नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ ।

खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७८४ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाली सेनामार्फत हालसम्म १ हजार ६९२ र सशस्त्र प्रहरी बलमार्फत ३२० वटा हवाई उडान सम्पन्न भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार