२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भोटेकोसी बाढी

माथिल्लो त्रिशूली - १ हाइड्रो टनेल : ' ११ जनाको शव निकालियो '

हालसम्म १४१० जनाको शव फेला र ६ हजार बढी नागरिक बेपत्ता : प्राधिकरण

शनिवार , आश्विन ३, २०८३

 

काठमाडौं, भदौ ।

भाद्र १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा ११ वटा शव फेला परेका छन्।

 

नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली - १ जलविद्युत् आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट -३ टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा फेला परेका ११ वटा शव आज निकालिएको हो।

बाढीपछि बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजीका लागि उद्धार टोलीले थप खोजी कार्यलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ।

उद्धार तथा खोजी अभियानमा नेपाली सेना, उद्धार टोली र आयोजनाका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म १४१० जनाको शव फेला परेको र ६ हजार बढी नागरिक बेपत्ता रहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार