२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भोटेकोशी बाढी टनेलबाट थप ११ जनाको शव फेला

शनिवार , आश्विन ३, २०८३

काठमाडौँ, असोज। रसुवास्थित भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी हिमबाढीका कारण माथिल्लो त्रिशूली- १ जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएकामध्ये थप ११ जनाको शव फेला परेको छ।

उद्धार टोलीले कठिन प्रयासपछि आज दिउँसो १२।३० बजेसम्म ती शवलाई टनेलबाट बाहिर निकालेको छ। आयोजनाका प्रतिनिधि तथा सुरक्षा निकायसहितको संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा शनिबार अडिट- ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शव फेला पारेको हो। अन्य सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार