२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बलिवुड अभिनेता ऋषि कपुरको निधन. अमिताबले भने म टुटेँ

बुधवार , बैशाख १७, २०७७

काठमाडौं, बैशाख । बलिवुड अभिनेता ऋषि कपुरको निधन भएको छ । बलिवुडका महानायक अमिताभ बच्चनले ऋषि कपुरको निधन भएको जानकारी दिएका छन् । अमिताभ बच्चनले ट्वीट गर्दै आफु टुटेको बताएका छन् ।

अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ६७ बर्षिय अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पिडित रहेका थिए ।

ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए । उनी गत फेब्रुअरीमा समेत स्वास्थ्यमा समस्या हुदा अस्पताल भर्ना भएका थिए ।

सामाजिक संजालमा निकै सक्रिय रहने कपुरले अप्रिल २ देखि केहि सामग्री पोष्ट नगर्दा स्वास्थ्य ठीक नभएको आशंका गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार