२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चारओटा शव फेला

बुधवार , भाद्र ३१, २०८३

काठमाडौँ,भदौ। चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चारओटा शव फेला परेका छन्। आयोजनाका एक इन्जिनियरले दिएको जानकारीअनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा ती शवहरू भेटिएका हुन्।

भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवा र नुवाकोटका एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरू तथा विद्युत् पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता आयोजना क्षेत्रभित्र सम्पर्कविहीन भई हराइरहेका कर्मचारी तथा कामदारहरूको खोजी कार्य निरन्तर जारी राखिएको थियो।

हाल फेला परेका शवहरूको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ। सुरक्षाकर्मी लगायतका सम्बन्धित निकायहरूले शवहरूको सनाखत गर्ने कार्यसहित आवश्यक कानुनी प्रक्रियाहरू तीव्रताका साथ अघि बढाइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार