काठमाडौं, भदौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत कसैकाविरुद्ध नरहेको बताएका छन्। नयाँ दिल्लीस्थित ' भारत मण्डपम ' मा १८औँ ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै मोदीले आफू साझा प्रयत्नमा विश्वास गर्ने बताएका हुन्।
उनले ब्रिक्सको एकता र सहमतीलाई ठोस परिणाममा बदल्नुपर्ने बताए।
अबको २० वर्षका लागि नँया एजेण्डामा काम गर्नुपर्ने र त्यसको सुरुवात आँफैबाट गर्नुपर्ने उनको भनाइ छ।
ब्रिक्सलाई अझै बलिया बनाएर विश्वव्यापी सुधारको दिशा तय गर्नुपर्ने प्रधानमन्त्री मोदीले उल्लेख गरे।