२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक : ' रसुवा बाढी - विशेष प्रस्ताव पारित '

बुधवार , भाद्र १७, २०८३

 

काठमाडौं, भदाै ।

प्रतिनिधिसभा बैठकले रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले राखेको रसुवा बाढीसम्बन्धी विशेष प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले रसुवा बाढीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरे ।

 

उनले प्रभावित नागरिकहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थाप्रति संवेदनशील बन्दै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय शोकको घडीमा तीनै तहका सरकार,सबै राजनीतिक दल र संयन्त्र परिचालन गरी बेपत्ताको खोजी,उद्धार,विस्थापितको पुनस्र्थापना र घाइतेहरूको उचित उपचार प्रबन्ध मिलाउन उनले सरकारलाई निर्देशन दिए।

बैठकले रसुवा बाढीमा परेर निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भाद्र १८ गते बिहीबार बोलाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार