२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रसुवा बाढी ( अपडेट ) : हालसम्म ८२९ जनाको उद्धार

शुक्रवार , भाद्र १२, २०८३

 

काठमाडौं, भदाै ।

रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना र गैरसैनिक टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन्।

बाढी प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाका ६ वटा र गैरसैनिक ९ वटा हेलिकप्टर निरन्तर परिचालन भइरहेका छन्।

हालसम्म नेपाली सेनाको हेलिकप्टरबाट ७२४ र गैरसैनिक हेलिकप्टरबाट १०५ गरी जम्मा ८२९ जनाको हवाई उद्धार गरिएको छ। जसमा १०१ जना विदेशी नागरिक समेत रहेका छन्।

यसबाहेक थप २०० जनाको जमिनी मार्गबाट समेत उद्धार गरिएको छ। खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी फौज खटाइएको छ।

सेनाले ड्रोन र तालिमप्राप्त सैनिक कुकुरको समेत प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ। उद्धारसँगै घाइते तथा बिरामीको उपचारलाई पनि प्राथमिकतामा राखिएको छ।

वीरेन्द्र अस्पतालबाट खटिएको डाक्टरसहितको टोलीले त्रिशूलीमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट ५८३ जनालाई सेवा दिएको छ भने धुन्चे इलाकामा फिल्ड एम्बुलेन्स टोलीले ५६२ जनाको उपचार गरेको छ।

हालसम्म कुल १,१४५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। साथै, प्रभावित स्थानमा आवश्यकताअनुसार राहत पुर्‍याउन सेनाका २० वटा ट्रकले त्रिशूलीमा सामग्री ढुवानी गरिरहेका छन्, जहाँबाट हवाई साधनमार्फत विकट क्षेत्रमा राहत वितरण भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार