२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला ' : डा. शशांक कोइराला

' कांग्रेस एकढिक्का भएका खण्डमा कसैले पनि पराजय गर्न सक्दैन्य, ही नै भेलाको मुख्य उद्देश्य हो,'

शुक्रवार , श्रावण २९, २०८३

 

काठमाडौं, साउन ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन् । 

उनको संयोजकत्वमा शुक्रबारदेखि काठमाडौंमा सुरू भएको कांग्रेस संस्थापनइतर पक्षको भेलाको उद्घाटन समारोहमा डा। कोइरालाले पार्टीलाई एकजुट बनाउने आफ्नो कर्तव्य भएको उल्लेख गरे।

' कांग्रेस एकढिक्का भएका खण्डमा कसैले पनि पराजय गर्न सक्दैन् । यही नै भेलाको मुख्य उद्देश्य हो,' उनले भने ।

 उनले बिहीबार मात्र पाँच महिनापछि स्वस्थ्योपचार गरी  स्वदेश फर्केका पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले भेला सफल भएको बताए। कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरू भएको हो ।

उनले पूर्वप्रधानमन्त्री देउवासँग भारतको बनारसमा पहिलो पटक भएको भेट र सँगै सिनेमा हेरेको प्रसङ्ग स्मरण गरे। 

उनले निवर्तमान सभापति देउवा नै आफूहरूको नेता भएको र उनकै नेतृत्वमा कांग्रेस अघि बढ्ने धारणा व्यक्त गरे । 

काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेला नेता तथा कार्यकर्ताको  बाक्लो उपस्थिति रहेको छ ।

 प्रचार प्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार भेलाको शनिबार र आइतबार बन्दसत्र चल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार