२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस संस्थापन इतर भेला : ' देउवाले सम्बोधन गर्ने '

शुक्रवार , श्रावण २२, २०८३

 

काठमाडौं, साउन ।

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।

साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सञ्चारकर्मीलाई जानकारी दिएका छन।

 

भेलाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकता, सहभागी सह-सहितको भावी कार्यदिशा तय गर्ने उनले बताए। देउवा साउन २६ गते स्वदेश फर्कने बताइएको छ।

उनले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने जनाए। भेलामार्फत राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशा सहित नयाँ जीवन दिने उनले बताए।

कोइरालाले कांग्रेस केन्द्रीय समितिको आधिकारिकता सम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति प्रदान भएकाले सर्वोच्च अदालतबाट अब हुने पुनरावलोकनबाट न्याय प्राप्त हुनेमा विश्वस्त रहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार