२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पूर्बी पहाडी जिल्लाहरुमा लगातारको वर्षा

सप्तकोशीमा पानीको बहाव उच्च :' ५६ मध्ये ३० ढोका खोलियो '

कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

बिहिवार , श्रावण २१, २०८३

 

सुनसरी, साउन ।

पूर्बी पहाडी जिल्लाहरुमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख १८ हजार ३ सय क्युसेक पुगेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ ।

बहाव जोखिमको तहभन्दा धेरै माथि पुगेपछि खतराको संकेत स्वरूप रातो बत्ति बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक -डीएसपी) चन्द्र खड्काले जानकारी दिए । सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

अहिले बहाव त्यसभन्दा झण्डै ७० हजार क्युसेक बढी पुगेकाले कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी किनारमा अनावश्यक रूपमा नजान, माछा मार्न वा डुंगा सञ्चालन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी गरिएका सूचनाको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।

सप्तकोशी नदी नेपालका सात प्रमुख नदी सुनकोशी, अरुण, तमोर, दूधकोशी, भोटेकोशी, तामाकोशी र इन्द्रावतीको संगमबाट बनेको नेपालको सबैभन्दा ठूलो नदी हो ।

पूर्वी नेपालका पहाडी जिल्लाबाट बग्ने यी नदीहरूको पानी वर्षायाममा एकैसाथ बढ्ने भएकाले सप्तकोशीमा बहाव अचानक वृद्धि हुने गर्छ । त्यसैले हरेक मनसुनमा कोशी तटीय क्षेत्र उच्च जोखिममा पर्ने गरेको सुनसरीको श्रीलंका टापुका स्थानीय सन्तोष चन्दबंशीले बताए ।

२०२२ सालमा भारतको सहयोगमा सप्तकोशीमा ५६ ढोके ब्यारेज निर्माण गरी बाढी नियन्त्रण, सिंचाइ तथा नदी व्यवस्थापनको काम सुरु गरिएको थियो ।

कोशी नदीले बारम्बार धार परिवर्तन गर्ने र ठूलो जनधनको क्षति पुर्याउने गरेको छ । २०६५ भदौ ५ गते राती पश्चिम  कुशाहा क्षेत्रमा बाँध फुटेर ठूलो क्षति पुर्‍याएको थियो । -  अन्नपूर्णबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार