२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चार सयले बढ्यो सुन, चाँदीमा ९० रुपैयाँ कमी

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौँ,असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० ले बढेको छ भने चाँदी रु ९० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण भएको छ ।

हिजो एक तोला सुन रु दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९  र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार