२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बढ्यो सुनको भाउ तोलामा आठ सय र चाँदीको ५५ रुपैयाँ

बुधवार , आषाढ ३१, २०८३

काठमाडौँ,असार । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा आठ सय र चाँदीको ५५ रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै बुधबार छावापाला सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार रहेको थियो ।

यता, मंगलबार प्रतितोला चार हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार बढेर चार हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार