२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

फिफा विश्वकप - २०२६

अर्जेन्टिना सेमिफाइनलमा : ' स्वीट्जरल्यान्डलाई ३ - १ ले हरायो '

सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने

आइतवार , आषाढ २८, २०८३

 

काठमाडौँ, असार ।

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३- १ गोलले हरायो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा खाता खोल्नुभयो । त्यसपछि स्वीट्जरल्यान्डका डान एन्डोयले ६७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

७२औँ मिनेटमा ब्रेल एम्बोलो रातो -दोहोरो पँहेलो) कार्ड पाउँदै बाहिरिएपछि स्वीट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा जुलियन अल्भारेजले एक सय १२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई पुन अग्रता दिलाए ।

एक सय २० मिनेट पछिको इन्जुरी समयमा लौटारो मार्टिनेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई सजिलै जिताए । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि शनिबार राति भएको खेलमा इङ्ल्यान्डले नर्वेलाई २( १ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । -  एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार