२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतितोलामा दुई हजार चार सय घट्यो सुनको भाउ

बिहिवार , आषाढ २५, २०८३

काठमाडौँ,असार । नेपाली बजारमा सुनचाँदीको भाउ एक सातादेखि निरन्तर घटिरहेको छ ।गत साताको बिहीबार प्रतितोला दुई लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ त्यसपछि निरन्तर घटेर आज बिहीबार दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा दुई हजार चार सय र चाँदीको एक सय ६० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यता, बुधबार चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार