२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विश्वकप फुटबल २०२६ : ' सकियो अन्तिम ३२ चरण '

आइतवार , आषाढ २१, २०८३

 

न्युयोर्क, असार ।

कोलम्बिया र घानाबिच शनिबार बिहान भएको खेलसँगै विश्वकप फुटबल २०२६ अन्तिम ३२ का प्रतिस्पर्धा सम्पन्न भएका छन् । १६ थप भएर ४८ राष्ट्रमा विस्तारित यस विश्वकपमा पहिलो पटक अन्तिम ३२ चरण भएको हो ।

नाटकीय अन्तिम ३२ मा केही ठुला नाम स्तब्ध भए । चार पटकको विश्वविजेता जर्मनी र उपाधि दाबेदारमध्ये एक नेदरल्यान्ड्सलाई पाराग्वे र मोरक्कोले घर फर्काए । जर्मनी र नेदरल्यान्ड्स दुवै टाइब्रेकरमा स्तब्ध भएका हुन् ।

अस्ट्रेलिया पनि पेनाल्टी सुटआउटमै मोहम्मद सलाहको टिम इजिप्टसँग हारेर प्रतियोगिताबाट बिदा भयो । उपाधि प्रमुख दाबेदारहरू स्पेन र फ्रान्स भने सहजै जित हात पारेर अन्तिम १६ मा पुगे ।

अन्य विश्वविजेता इङ्ग्ल्यान्ड, अर्जेन्टिना, पोर्चुगल र ब्राजिलले प्रिक्वाटरफाइनलमा पुग्न निकै मिहिनेत गर्नु पयो ।

अन्तिम ३२ मा तिनै आयोजक देशले सफलता प्राप्त गरे । प्रिक्वाटरफाइनलको पहिलो खेलमा आइतबार सहआयोजक क्यानडाले पछिल्लो संस्करणमा सेमिफाइनल खेलेको मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ । सो खेलमा विजेताले सेमिफाइनलमा पुग्नका लागि फ्रान्स र पाराग्वेमध्ये एकविरुद्ध खेल्ने छ ।

आइतबार नै फ्रान्स र पाराग्वेबिच पनि अन्तिम १६ को प्रतिस्पर्धा हुने छ । प्रिक्वाटरफाइनलमा ब्राजिल र इङ्ग्ल्यान्डले कठिन विपक्षी पाएका छन् ।

ब्राजिलले इर्लिङ हालान्डको नर्वे र इङ्ग्ल्यान्डले लयमा रहेको सहआयोजक मेक्सिकोसँग खेल्ने छन् । यी चारमध्ये दुई टिमबिच क्वाटरफाइनल हुने छ ।

अन्तिम १६ मा सबभन्दा ठुलो भिडन्तमा स्पेन र पोर्चुगलबिचको खेल रहने छ । केप भेर्डेसँग पहिलो खेलमै गोलरहित बराबरीमा रोकिएपछि युरो च्याम्पियन स्पेनले सबै खेल सजिलै जितेको छ ।

समूह चरणमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको पोर्चुगलले अन्तिम ३२ मा क्रोएसियालाई नाटकीय रूपमा हराएको थियो । अर्को प्रिक्वाटरफाइनलमा सहआयोजक अमेरिका र बेल्जियमबिच कडा टक्कर हुने अनुमान गरिएको छ ।

प्रिक्वाटरफाइनलको अन्तिम दिन उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाबिच खेल हुने छ । एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार