२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रास्वपा महाधिवेशन

पदाधिकारी निर्बाचन  : '  १ हजार ५ सय कम मत खस्यो '

शुक्रवार , आषाढ १२, २०८३


काठमाडौँ, असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केहि प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । 

शुक्रबार अपरान्ह मतदानका लागि तोकिएको पाँच बजेको समय सकिएसँगै ढोका बन्द भएपछि मतदान गर्न नपाएको भन्दै केहि प्रतिनिधिहरुले असन्तुष्टि जनाएका हुन् । 

 अपरान्ह ५ बजेर २ मिनेटमा मतदानस्थल पुग्दा मतदान गर्न नदिएको उनीहरुले जनाएका छन् ।

उनीहरुले तीन दिनका लागि तोकिएको महाधिवेशन ६ दिन पुर्‍याउँदा केहि नहुने, तर आफूहरु केहि मिनेट ढिलो पुग्दा मतदानको अवसरबाट बञ्चित गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

करिव ४ हजारको संख्यामा प्रतिनिधि रहेकोमा पदाधिकारी निर्वाचनमा १५ सय भन्दा कम मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार