२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुन र चाँदी दुवै मूल्यवृद्धि

सोमवार , आषाढ ८, २०८३

काठमाडौँ, असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु एक हजार ४०० ले वृद्धि भएको छ ।  यस्तै, चाँदी रु ४० ले बढेको छ ।

 आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार सातसय र चाँदी चार हजार ७३० निर्धारण भएको छ ।

 आइतबार एकतोला सुनको मूल्य रु दुई लाख ८७ हजार ३०० मा कारोबार भएको थियो ।  एकतोला चाँदीको मूल्य रु चार हजार ६९० मा कारोबार भएको थियो ।

 शुक्रबार एकतोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६४० मा खरिद बिक्री भएको थियो ।

 अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार १८८ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार