२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' रास्वपालाई इतिहासले अवसर दिएको छ ' : राजेन्द्र लिङदेन

आइतवार , आषाढ ७, २०८३

 

चितवन, असार ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) लाई इतिहासले अवसर दिएको र यस्तो समय फेरि–फेरि नआउने बताएका छन् ।

चितवनमा रास्वपाको प्रथम महाधिवेशन उदघाटन समारोहमा शुभकामना व्यक्त गर्दै लिङदेनले झण्डै दुई तिहाइ जनमत पाएको रास्वपालाई देशको सम्मुनत विकास गर्ने अवसर जुरेको र यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष लिङदेनले यस्तो अवसर फेरि कहिले नआउने बताउँदै देश बनाउने यो अवसर गुमे रास्वपाको नेतृत्वलाई मात्र नभई सिङ्गो देशलाई नै घाटा हुने बताए ।
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार