२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

" हामी सार्वजनिक परीक्षणमा छौं "

सभापति लामिछानेले भने : ' महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गरौं '

शनिवार , आषाढ ६, २०८३

 

चितवन, असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । महाधिवेशनअघि शनिबार चितवनमा बसेको रास्वपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले स्वच्छ प्रतिस्पर्धाबाट पार्टीलाई नयाँ उचाईतर्फ लान सक्ने भन्दै यसतर्फ ख्याल गर्न आग्रह गरेका हुन् ।

उनले निर्वाचनबाट जस्तो परिणाम आए पनि रास्वपाका सबै नेता तथा कार्यकर्ताहरु एउटा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे ।

सभापति लामिछानेले अहिलेसम्म आफ्नो नेतृत्वलाई विश्वास गरेर साथ दिएकोप्रति धन्यवाद दिदै आगामी दिनमा पनि पार्टीलाई अझ समृद्ध पार्ने जिम्मेवारीका साथ एकताबद्ध भएर अघि बढ्ने धारणा राखे ।

आफ्नो जिन्दगीको अनेक भोगाई र उतार चढावका बीच पछिल्लो चार बर्षमा भएका कामहरुको व्याख्या र वर्णन गर्न आवश्यक नरहेको भन्दै सभापति लामिछानेले पारदर्शी रुपमा आफूहरु आम नागरिकको सार्वजनिक परीक्षणमा रहेको बताए ।

उनले अहिले रास्वपाको जिम्मेवारी हिजोको भन्दा धेरै महत्वपूर्ण रहेको समेत बताए । रास्वपाका माध्यमबाट नागरिकले देखेको सुशासन, समृद्धि र सामाजिक न्यायको सपना पुरा गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार