२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तोलामा दश हजार पाँच सय घट्यो सुनको मूल्य

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौँ, असार। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ ।बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १० हजार पाँच सय र चाँदीको तीन सय पाँच रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ९७ हजार दुई सय रुपैयाँ रहेको थियो।

यता, बिहीबार प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँ रहेको असली चाँदीको भाउ शुक्रबार घटेर चार हजार छ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार