२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

अर्थमन्त्री वाग्लेले भने : ' सञ्चालन गर्न कूटनीतिक पहल गर्दैछौँ '

बुधवार , आषाढ ३, २०८३

 

काठमाडौँ, असार।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्य उच्च प्राथमिकतामा राखेको बताए ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले भने, यी दुवै विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन भारत र चीनसँग कूटनीतिक पहल भइरहेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणका क्रममा विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार, कनेक्टिभिटी र व्यवस्थापन प्रमुख एजेन्डाका रूपमा उठाएको अर्थमन्त्री डा. वाग्लेले जानकारी दिए। अर्थमन्त्री डा. वाग्लेले भने, भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि सरकार निरन्तर लागिपरेको छ ।

यी विमानस्थल निर्माण गर्दा लिइएको ऋणको किस्ता मन्त्रालयले नियमित तिरिरहेकाले यसलाई सञ्चालनमा ल्याउन हामी बढी गम्भीर छौँ ।

परराष्ट्रमन्त्रीको भारत र हालै सम्पन्न चीन भ्रमणमा पनि कसरी यी विमानस्थललाई सुचारु गर्ने, एयर रुट्स -हवाई मार्ग) र विमानस्थल व्यवस्थापनमा कसरी सहकार्य गर्ने भन्ने विषय नै मुख्य एजेन्डाका रूपमा रहेका थिए ।

जलस्रोत, हवाई उड्डयन र सडक निर्माणलगायतका विषयमा अहिले आर्थिक कूटनीति (इकोनोमिक डिप्लोमेसी ) चलिरहेको स्पष्ट पारे ।

उनले थपे, ' विगतमा उठाउन नसकिएका र समाधान हुन नसकेका कूटनीतिक विषयहरूमा समेत वर्तमान सरकारले आँखा जुधाएर सक्रिय रूपमा वार्ता र नेगोसिएसन अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार