२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिका–इरान शान्ति सम्झौता  ः' २४ अर्ब डलरमा अड्कियो

शनिवार , जेठ २३, २०८३

 

इरान, जेठ ।

इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीसैन्य सल्लाहकार मोहसेन रेजाइले अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौता २४ अर्ब अमेरिकी डलर बराबरका रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने विषयमा अड्किएको बताएका छन् । 

अमेरिकी समाचार संस्था सीएनएनसँगको विशेष अन्तर्वार्तामा उनले भने, ‘वार्ता ठप्प अवस्थामा पुगेको छ र यो गतिरोध तोड्ने जिम्मेवारी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि छ । बल अहिले ट्रम्पको कोर्टमा छ ।’

अमेरिकी अधिकारीहरू भने यस्तो रकम फुकुवा गर्दा इरानमाथिको प्रमुख दबाबको माध्यम गुम्ने चिन्तामा छन् । ट्रम्पले कुनै पनि नयाँ सम्झौता सन् २०१५ को आणविक सम्झौता भन्दा धेरै बलियो देखिनु पर्ने र ‘नगद पैसा हस्तान्तरण’ जस्तो आलोचना खेप्न नपरोस् भन्ने चाहेका छन् ।

२४ अर्ब डलर विश्वासको परीक्षा हो’

रेजाइले उक्त रकम फुकुवा गर्नु अमेरिका र इरानबीच विश्वास निर्माणको महत्वपूर्ण कदम हुने बताए ।  उनले भने, ‘यदि ट्रम्प इरानसँग सम्झौता गर्न चाहन्छन् भने यो २४ अर्ब डलर विश्वासको परीक्षा हो ।

अमेरिकाले यो परीक्षा पास गर्नुपर्छ, त्यसपछि बाटो खुल्नेछ । यो हाम्रो आफ्नै पैसा हो, अमेरिकाको पैसा होइन ।’

युद्ध फेरि सुरु भए दायरा विस्तार गर्ने चेतावनी


रेजाइले अमेरिका फेरि युद्धमा फर्किए इरानले द्वन्द्वलाई फारसी खाडीभन्दा बाहिर फैलाउने चेतावनी दिए । उनका अनुसार सम्भावित सैन्य कारबाही होर्मुज जलडमरूमध्यबाट हिन्द महासागर, बाब–अल–मन्दाब जलडमरूमध्य, लाल सागर र भूमध्यसागरसम्म फैलिन सक्छ । 

उनले भने, ‘हामी युद्धलाई अर्को आयाम दिनेछौँ र अहिलेसम्म आक्रमण नगरेका अन्य अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाउन सक्छौं ।’ यद्यपि उनले युद्धको सम्भावना अहिले कम रहेको पनि बताए ।

ट्रम्प–खामेनेई भेटको सम्भावना अस्वीकार


रेजाइले सर्वोच्च नेता मोज्तबा खामेनेईको स्वास्थ्य अवस्थाबारे टिप्पणी गर्न अस्वीकार गरे । साथै ट्रम्प र खामेनेईबीच भेटघाट हुने सम्भावनालाई पनि खारेज गरे । उनले भने, ' यो हुनेवाला छैन । हामी अहिले वार्ताको प्रारम्भिक चरणमा छौँ र श्री ट्रम्पले नै वार्तालाई ठप्प बनाएका छन् ।’

यसै साता ट्रम्पले आफू र खामेनेईबीच सम्बन्ध राम्रो बन्दै गएको तथा अवसर मिले भेट्न सम्मानित महसुस गर्ने बताएका थिए ।

होर्मुज जलडमरूमध्यमाथि पुनः दाबी

रेजाइले विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने होर्मुज जलडमरूमध्यमाथि इरान र ओमनको सार्वभौमिक अधिकार रहेको दाबी गरे । उनले इरानले जहाजहरूबाट टोल नभई जलडमरूमध्यको व्यवस्थापन खर्चका लागि सेवा शुल्क लिन सक्ने बताए ।

इरानको सैन्य शक्ति अझै बलियो रहेको दाबी

इरानी क्रान्तिकारी गार्डका पूर्व कमाण्डर रेजाइले वार्ता असफल भए अमेरिकाले इरानमाथि स्थल आक्रमण गर्न सक्ने सम्भावनाका लागि पनि देश तयार रहेको बताए । उनले भने, ' त्यसो भयो भने संसारले इरानको वास्तविक क्षमता देख्नेछ, किनभने हाम्रो स्थल सेनाको शक्ति हाम्रो मिसाइल शक्तिभन्दा धेरै गुणा ठूलो छ ।

४७ वर्षमा पहिलो ठूलो विजय

रेजाइले हालैको अमेरिका इजरायलविरुद्धको युद्धलाई इस्लामिक गणतन्त्र इरानको ४७ वर्षे इतिहासकै पहिलो ठूलो सैन्य विजयको रूपमा चित्रण गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार