२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इजरायली प्रधानमन्त्री नेतान्याहूले लेबनान सम्बन्धमा - ' सेनालाई दिए यस्तो आदेश '

सोमवार , जेठ १८, २०८३

 

काठमाडौँ, जेठ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रहरूमा आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका छन्।

बीबीसी फारसीका अनुसार उनले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रहरूमा आक्रमण गर्न सेनालाई आदेश दिएका हुन्। नेतान्याहूले आक्रमणको आदेश दिएको ठाउँलाई दहिया भनिन्छ।

यो हिजबुल्लाहको महत्त्वपूर्ण गढ हो। यसअघि लेबनानका राष्ट्रपतिले एक विज्ञप्ति जारी गरेर इजरायली आक्रमणको कडा निन्दा गरेका थिए।

यसैगरी संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा आज लेबनानको अवस्थामाथि विचार हुने बीबीसीले उल्लेख गरेको छ। यस बैठकमा यस क्षेत्रको पछिल्लो तनाव र सुरक्षा अवस्थाको बारेमा छलफल हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार