२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सोमवार , जेठ १८, २०८३

काठमाडौँ । नेपाली बजारमा आइतबार भारी वृद्धि भएको सुनको भाउ सोमबार सामान्य घटेको छ । तर चाँदीको भाउ भने बढेको छ ।आइतबारको तुलनामा सुनको भाउ तोलामा दुई सय घट्दा चाँदीको १० रुपैयाँ बढेको हो । 

मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ रहेको थियो । 

यता, आइतबार प्रतितोला पाँच हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार सामान्य बढेर पाँच हजार तीन सय ५५ रुपैयाँ पुगेको छ । सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार